चीनलाई घेर्ने सैन्य रणनीति हो एमसीसी, मेटमणि चौधरी

नेकपा एकीकृतका लुम्बिनी प्रदेश अध्यक्ष एवं संघीय सांसद मेटमणि चौधरीले अमेरिकी सहयोग परियोजना एमसीसी सैन्य रणनीति भएको दाबी गर्दै फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले एमसीसीको ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकी जनताको सेवामा खर्च गर्न सुझाव दिएका छन् । एमसीसी इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चिनलाई घेर्न अमेरिकाले बनाएको योजना भन्दै यो स्वीकार्न नसकिने बताएका छन् ।
‘हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौं, सबैसँग पञ्चशीलको आधारमा समान व्यवहार गर्दछौं तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौं’ चौधरीले लेखका छन् ।