१४ बैशाख २०८१, शुक्रबार

आफ्नो प्रेम अनुभूति बेच्दै भ्यालेन्टाइन डे मा डेल, एक दिनको लाखौं रुपैयाँ

Kiara Lord

१४ फेब्रुवरी अर्थात प्रणय दिवस । आजको दिन प्रेमी प्रेमिकाले एकआपसमा प्रेम प्रकट गरी मनाएका छन् । यहाँ भने एक मोडेलले आफ्नो प्रेमको अनुभूति पनि बिक्री गर्न थालेकी छन् ।

उनले सात लाखभन्दा बढी रुपैयाँमा प्रेमको अनुभूति सबैमा बाँढ्न तम्सेकी हुन् । धेरै एक्ला मानिसहरु यो दिन अर्थात् भ्यालेन्टाइन डे मनाउन धेरै चाहन्छन्, त्यसैले आफूले यति धेरै रुपैयाँ लिएर यो सो चलाएको उनी बताउँछिन् ।

डेली स्टारको समाचार अनुसार मोडल कियारा लर्डले आम रुपमा भ्यालेन्टाइन डे बाट आफूले बेग्लै आम्दानी गरेको बताएकी छन् । उनी यो स्वीकार्दै धेरै एकल मानिस उनको सेवाका बारेमा जानकारी लिने गरेको बताउँछिन् ।

वर्षको सबैभन्दा रोमान्टिक दिनमा प्रणयको सो समय प्रायः जोडीका लागि एकअर्काका भावनाहरुलाई आदानप्रदान गर्ने एक तरिका हुन सक्ने उनको तर्क छ । यो समय एकल मानिस यो दिन धेरै नै आफ्नो एकान्त मेटाउन उपायहरुको खोजी गरिरहन्छन् ।

कियारा लर्ड एक विज्ञका रुपमा आफ्नो सेवा चलाउँछिन् । उनले ओन्ली फ्यान्स नामको एकाउण्ट पनि चलाउँछिन् । उनले भ्यालेन्टाइन डे मा आफ्नो माग धेरै भएको बताइन् ।

मानिसहरु एक्लोपनको महशुस नहोस् भन्ने हेतुले धेरैभन्दा धेरै भिडियो कल, स्काइपमा डेटको समय पनि किन्छन् । मानिसहरु मात्र एक्लोपनको महशुस नगरुन् भनेर आफूले यो सो चलाएको उनको तर्क छ ।