१६ चैत्र २०८०, शुक्रबार

(पत्रसहित) ओलीलाई रावलको पत्र: ‘एमसीसी जस्तो राष्ट्रहीत विपरितका विषयमा एमाले गम्भीर हुनुपर्छ’

oli bhimrawal
फाइल फोटो

नेकपा एमाले नेता तथा सांसद डा भीमबहादुर रावलले एमसीसीका विषयमा गम्भीर छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्नुभएको छ ।

उहाँले पत्रमा एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्नुभएको छ । एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको रावलले पत्रमा दाबी गर्नुभएको छ । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने उहाँको भनाइ छ ।

सोमवार बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले अध्यक्ष ओलीलाई हस्तलिखित पत्र मार्फत उक्त माग गर्नुभएको हो । बैठकमा महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने रावलले राख्नुभएको थियो ।

जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

bhi