१३ बैशाख २०८१, बिहीबार

टेलिकमले ल्यायाे ‘भ्यालेन्टाइन डे’ अफर, ४९ रूपैँयामा अनलिमिटेड भ्वाइससहितकाे डेटा

Nepal Telicome

नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा नयाँ अफर ल्याएको छ । भ्यालेन्टाइनको अवसरमा कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ अफर सार्वजनिक गरेको हो ।

टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एकदिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ । अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ । यो अफर सुचारू गर्न ८१४१५८११३ डायल गर्नुपर्नेछ । टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर लिन सकिने छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीकाे भनाइ छ ।