२० बैशाख २०८१, बिहीबार

(फोटो फिचर) संखुवासभाको अरुण नदीको बेलिब्रिज भाँचियो‚ तीनवटा ट्रक नदीमा

arunnadi belibridge

संखुवासभाको मकालु गाउँपालिका ५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल शनिबार दिउँसो भाँचिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। ट्रकमा सवार चालक र सहचालक सकुशल रहेको उनले बताए।

निर्माणाधीन इप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक (लोवेट) पुल भाँचिएपछि अरुण नदीमा खसेको छ।

पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको मकालुका कार्यपालिका सदस्य मकालु गाउँपालिका कार्यापालिका सदस्य पुरण याम्फुले बताए।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

Arun 2
Beli Bridge 1