२४ बैशाख २०८१, सोमबार

सशस्त्र प्रहरीद्वारा ठूलाे मात्रामा प्रतिवन्धित नाइट्राेभेट इन्जेक्सन बरामद

273614040 902566507077490 8218489267643662226 n1644582464

सशस्त्र प्रहरी २ नम्बर प्रदेश मुख्यालय बर्दिबासबाट खटिएकाे स्क्वार्ड टाेलीले ठूलाे मात्रामा लागू औषध समात्न सफल भएकाे छ ।

काराेबारीले भारतीय सीमावर्ती शहरबाट माेटटरसाइकलकाे पछाडि बाेरामा राखेर नेपालतर्फ ल्याउँदै गरेकाे १२ हजार पिस नाइट्राेभेट इन्जेक्शन बरामद गर्न सफल भएकाे प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भएकाे छ ।

विशेष सुराकिकाे आधारमा सुक्रवार दिउँसाे सर्लाहीकाे बरहथवा नगरपालिका १७ स्थित नहर सडक खण्डबाट चेकजाँच गर्दा बा ५५ प ९२८ नम्बरकाे कालाे रंगकाे पल्सर माेटरसाइकलसहित ठूलाे परिमाणमा प्रतिवन्धित नाइट्राेभेट बरामद गरिएकाे हाे ।

चेकजाँच गर्ने क्रममा माेटरसाइकल छाेडेर भागेका चालक र सवारी धनीकाे खाेजी भईरहेकाे ठाडा मगरले बताउनुभयाे । बरामद गरिएकाे नाइट्राेभेट सर्लाहीकाे १० नम्बर गणमा ल्याई आवश्यक कार्यबाहीका लागि प्रहरीलाई बुझाईएकाे छ ।

यति ठूलाे मात्रामा प्रतिबन्धित नाइट्राेभेट इन्जेक्शन बरामद गरेकाे सम्भवत पहिलाे पटक भएकाे प्रहरीकाे भनाइ छ ।

123221697273457139 327495622724205 8186051538977198050 n