२६ बैशाख २०८१, बुधबार

अपडेट: आगलागीमा मृतक पाँचजनाको पहिचान खुल्यो

agali dang

गएराति दुई बजेदेखि लागेको आगलागीमा परेर पाँच जना मृतकको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५ मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेका छन् । ती मध्ये चार जना बालबालिका रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँच मा बस्ने १३ वर्षिय सजिता खातुन, १४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस, पाँच वर्षिय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि निस्सासिएर निधन भएको प्रारम्भिक जानकारीमा आएको उहाँले बताउनुभयो । इरम फुटवेयर चप्पल गोदाममा रहेको घरमा आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आएपनि क्षतिको विवरण भने अझै आएको छैन ।

पाँचै जनाको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब घरमा लगिएको छ । तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल,सेना,प्रहरी,स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् ।

आगलागीको कारण भने अझै आएको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा सम्बन्धित क्षेत्रमा एक टोली पुगेको छ । आगलागीमा परेकाहरुको उद्दार गर्नका गएका सोही ठाउँका ३८ वर्षिय अमर डाँगी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।