१६ चैत्र २०८०, शुक्रबार

तीन अर्ब ८२ कराेडकाे काराेबार, नेप्से परिसूचक दोहोरो अंकले ओरालो

stock nepse

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ ।

नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६.४६, अन्य १२.५१ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ ।

यस्तै बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत् २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादन १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी ०.५६ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ ।