६ बैशाख २०८१, बिहीबार

यो वर्षको एसईई वैशाख ९ गतेदेखि हुने

see2021 06 26 07 57 16

यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुनेभएको छ ।

कोरोना महामारीले असर परेपछि चैतभर कक्षा सञ्चालन गरेर वैशाख ९ गतेबाट एसईई सञ्चालन गर्ने तयारी भएको हो । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

बोर्डको तालिका अनुसार बैशाख २० गते परीक्षा सकिनेछ । यसपटक एसईईमा लागि ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ ।

गत दुई वर्ष कोरोनाका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो ।