११ बैशाख २०८१, मंगलवार

यस वर्षबाट स्थापना दिवस नमनाउने बागमती प्रदेश सरकारले

5ff94f4c9ac51 BAGMATI PARDESH

बागमती प्रदेश सरकारले यस वर्षबाट आफ्नो स्थापना दिवस नमनाउने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष माघ २९ गते मनाउने गरिएको स्थापना दिवस यस वर्षबाट नमनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला एवम् कानुन मन्त्री कृष्ण शर्मा खनालका अनुसार स्थापना दिवसमा प्रदान गरिने पुरस्कार तथा विभूषण भने अन्य कुनै उपयुक्त दिन पारेर प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले यात्रुवाहक सवारीलाई नगद कारोबाररहित अर्थात् क्यास लेस बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले भरतपुर महानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनका लागि ५० प्रतिशत स्रोत सुनिश्चित गरेको छ । प्रशासकीय भवन निर्माणका लागि कुल ९० करोड लागत मध्ये प्रदेश सरकारले ठेक्का रकमको ५० प्रतिशत बेहोर्ने निर्णय भएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।