१३ बैशाख २०८१, बिहीबार

कार्यसूचीमा परेन एमसीसी

nepal parliament building

प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेश गर्ने र संविधान सभा सदस्य जगत ताजपुरियाको निधनप्रति शोक प्रस्ताव पेश गर्ने रहेको छ ।

त्यसअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक बिहान ११ बजे बस्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सरकारले भोलिको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुख सापकोटाले भने त्यसलाई कार्यसूचीमा नै राख्नु भएको छैन् ।

एमसीसी संसदमा टेबुल गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख सापकोटासँग छलफल गरे पनि अश्विकार गर्दै आउनु भएको छ । सापकोटाले भने एमसीसीका बारेमा राष्ट्रिय सहमति नभइ संसदमा टेबुल हुन नसक्ने अडान राख्नु भएको छ ।

यसअघि माघ १७ गते बोलाइएको बैठक कोरोनाको कारण देखाउँदै १० दिन पछि धकेलिएको थियो ।