१४ बैशाख २०८१, शुक्रबार

रुसी ग्यास पाइपलाइन बन्द गर्ने अमेरिकाको चेतावनी

usa russia

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएका छन् ।

वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको कुराकानी पछि बाइडेन अमेरिकाले नर्ड स्ट्रिम टु पाइपलाइन बन्द गर्ने चेतावनी दिएका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मस्कोमा भेटेर युद्ध टार्न सकिने आशा व्यक्त गरेपछि अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।

युक्रेनमा रुसले आक्रमण गर्ने पश्चिमाको डर बढ्दै गएपनि मस्कोले यसलाई अस्वीकार गरेको छ । युक्रेनको सिमानामा एक लाखभन्दा बढी रुसी सेना तैनाथ रहेका बताइन्छ ।

अमेरिकी अधिकारीहरुका अनुसार रूसले पूर्ण संख्यामा आक्रमणका लागि आवश्यक आफ्नो ७० प्रतिशत सैन्य शक्ति जम्मा गरेको बताएका छन् ।

पछिल्ला हप्ताहरूमा मस्कोले नेटोको सदस्य हुनबाट युक्रेनलाई रोक्न र पूर्वी युरोपमा नेटो सेनाको संख्या घटाउन रुसले माग गरेको छ । नेटोले दुवै माग अस्वीकार गरेको छ।

आणविक हतियार सीमित गर्ने जस्ता अन्य क्षेत्रमा वार्ता गर्न नेटोको सुझाव छ।रुसले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएकोे र पूर्वी डोनेस्क क्षेत्रमा भएको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब आठ वर्षपछि रुस, युक्रेन र पश्चिमबीच तनाव बढेको हो ।