१४ बैशाख २०८१, शुक्रबार

अन्तत: राप्रपा परित्याग कमल थापाद्धारा, ३१ वर्षकाे सम्बन्ध अन्त्य !

kamal
फाइल फोटो

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए । एकता महाधिवेशनमा थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । पराजित भएसँगै उनी असन्तुष्टि थिए ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।

पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

 थापाले अब अलग्गै नयाँ पार्टी खोल्ने तयारी गरिरहेको समेत बताइन्छ । फागुन ७ गते नयाँ पार्टीकाे घाेषणा गर्ने तयारीमा रहेका छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्

प्रेस विज्ञप्ति

अत्यन्त मारि मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी किवाशीन राजनीतिक जीवन पार्टी भित्रै विताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हूँ।

राप्रपामा रहंदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति सदैव आभारी रहने छ । पार्टीमा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छ । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु ।

कमल थापा

२००८ माघ २५