११ बैशाख २०८१, मंगलवार

मंगलवारबाट देशव्यापी आन्दोलन एमसीसीको बिरोधमा, गठबन्धन छोडेर जनमोर्चा सडकमा

MCC 1

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी भएपछि साना बामपन्थी दलले मंगलवारबाट आन्दोलन शुरु गर्ने घोषणा गरेका छन् ।

मंगलवार देशैभरी संयुक्त कोणसभा गर्न लागेको साना बामपन्थी दलले बुधवार माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडि बिरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । बुधवार देशैभरी सदरमुकामहरुमा समेत संयुक्त बिरोध प्रदर्शन र सभा आयोजना गर्ने घोषणा गरिएको छ ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ साना दलले अपिल समेत गरेका छन् ।

यसरी अपिल गर्ने साना बामपन्थी दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन ।

साथै, मोहन बैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरु क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल पनि उक्त आन्दोलनमा सामेल हुने भएको छ ।