१४ बैशाख २०८१, शुक्रबार

हटाइयो जोरबिजोर प्रणाली

ccmc1641552327

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले फागुन १ गतेबाट शैक्षिक संस्था खोल्न सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमण कम हुँदै गएपछि सीसीएमसीले शैक्षिक संस्था भौतिकरुपमै सञ्चालनका लागि सिफारिस गरेको हो । तर, १२ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो पठनपाठन गर्न पनि सिफारिस गरिएको छ ।

त्यस्तै ट्याक्सी तथा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पनि हटाउन गृहमन्त्रालयलाई सिफारिस गरिएको छ । त्यस्तै फागुन १ गतेबाट डान्सबार तथा दोहोरी राति १० बजेसम्म सञ्चालन गर्न पाउने गरी सिफारिस गरिएको छ ।

पार्टी प्यालेसका सन्दर्भमा स्वास्थ्य मापदण्ड अपनाएर एक सय जनासम्म सहभागी गराउन अनुमति दिने र खेलकुद गतिविधिमा ५० प्रतिशत सहभागी हुन पाउने गरी सिफारिस गरिएको छ ।