१९ बैशाख २०८१, बुधबार

घट्यो दैनिक कोरोना संक्रमणदर, थप ९ जनाको निधन

corona chain

देशभर आज थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ५ हजार २ सय २५ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ३ जनामा र ३ हजार २ सय ८८ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा ६ सय ११ गरी जम्मा १ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ ।

त्यस्तै देशभर आज ४ हजार ७ सय ७१ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ९ लाख ६ सय ३९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९३ दशमलव ३ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ९ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुनेको कुल सङ्ख्या ११ हजार ८ सय ३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभरि ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।