७ बैशाख २०८१, शुक्रबार

संवैधानिक व्यवस्थाको उलंघन गर्दै छ ‘श्रीमानले बनाएको सरकारले’: ईश्वर पोखरेल

Ishor pokhrel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उलंघन गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

“श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।” उनले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

यसका साथै उनले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै गर्नुपर्ने जिकिर गरे । पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् ।

पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।