१५ चैत्र २०८०, बिहीबार

सीसीएमसीसी बैठकको एजेण्डा तयार गर्न सरकारी र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

office of prime minister and council of nepal ghatana

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले बैठकमा कोरोना संक्रमण र आगामी रणनीतिका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयसँगै प्याब्सन र एनप्याब्सनका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

‘बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका अतिरिक्त प्याब्सन र एनप्याब्सनका पदाधिकारीबीच छलफल भएको तर निर्णय केही नभएको प्रवक्ता पन्थले बताउनुभयो ।

पर्सी आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकको एजेण्डा तयार गर्नका लागि छलफल भएको प्रवक्ता पन्थले बताउनुभयो ।