२२ बैशाख २०८१, शनिबार

सञ्चारकर्मी पबन भट्टराई अभिनित चलचित्र “कालो बर्ष” सार्बजनिक

Paban Bhattarai movie Black Year

नेपाली कथानक चलचित्र “कालो बर्ष” युटुबमा सार्बजनिक भएको छ । योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो बर्ष” आइतबार सार्बजनिक गरिएको छ । २०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

राम खड्का सह निर्माता रहेको चलचित्र कालो बर्ष लाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ । रामेश्वर हुमागाइले छायांकन गरेको चलचित्र शुबास देबकोटाले सम्पादन गरेका हुन । फिल्ममा पवन भट्टराई, ओकेश पनेरु , अनुपा खड्का , सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगाएतको अभिनय रहेको छ ।

भुकम्प बाट बिस्थापित भएका पात्रको कथा बोकेको चलचित्रमा बलात्कारको बिषय लाइ पनि उठान गरिएको छ । प्रदशनको बेला एभेन्जर , छक्कापच्जा २ जस्ता चलचित्र संग जुध्नु परेको चलचित्र “कालो बर्ष”ले युटुबमा भने दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको दाबी छ ।

    सम्बन्धित समाचार...