४ जेष्ठ २०८१, शुक्रबार

देशभर एमसीसीविरुद्ध प्रदर्शन हुनसक्छ, सबै सुरक्षा संयन्त्र अलर्टमा राखौंः गृहमन्त्री

Balkrishna khad 1
फाइल फोटो

मुलुकको पछिल्लो सुरक्षा अवस्था, निर्वाचनको तयारी र एमसीसीविरुद्ध सडकमा हुनसक्ने सम्भावित प्रदर्शनले सुरक्षा चुनौति बढाउने आँकलन गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षमा गृहमन्त्रालयमा बसेको बैठकमा वर्तमान सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचको सुरक्षा तयारीका बारेमा छलफल भएको छ।

यतिबेला एमसीसी टेबुल गर्ने विषयमा जुन खालको बहस भइरहेको छ। त्यसले द्वन्द्व निम्त्याउने खतरा रहेको भन्दै बैठकमा छलफल भएको थियो, बैठकमा सहभागी स्रोतले बतायो।

पछिल्लो समयमा नेपालमा एमसीसीलाई संसदमा टेबुल गर्ने विषयलाई लिएर चर्को बहस चलिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ गठबन्धनका नेताहरुलाई दबाब दिँदै आएका छन्।

एमसीसीको विषयलाई लिएर सडकमा प्रदर्शन हुनसक्ने आँकलन गर्दै गृहमन्त्री खाँणले त्यसतर्फ सुरक्षा निकायको ध्यानाकर्षण गराएको स्रोतले बतायो।

त्यस्तै निर्वाचन आयोगले जेठ ४ गते स्थानीय निर्वाचन एकै चरणमा गर्न सरकारलाई प्रस्तावसमेत गरिसकेको छ। त्यसतर्फ पनि सतर्क रहन गृहमन्त्रीले निर्देशन दिएका थिए।