४ बैशाख २०८१, मंगलवार

एक दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सफलता, मरिससमाथि नेपालकाे जित

bimal

नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससविरुद्ध जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टाेली मरिससविरुद्ध १-०को जित निकालेको हो ।

नेपालको जितमा फरवार्ड बिमल घर्तीमगरले एकमात्र निर्णायक गोल गरे । खेलको ५५औं मिनेटमा अन्जन विष्टले दिएको पासमा विमलले गोल गरेका हुन् । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।

खेलको पहिलो हाफमा नेपाल दबाबमा रहेको थियो तर, दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोलको अवसरहरु सिर्जना गरेको थियो । मरिससले भने केही अवसर पाए पनि गोल भने गर्न सकेन । नेपालले एक दशकभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलाे जित हात पारेको हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् ।

दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।

61f531b89b0e2 272670736 424390346149010 5063118765098446297 n