
आकर्षक गोल मोरिससमाथि विमल घर्तीमगरको

अफ्रिकी देश मोरिससविरुद्ध खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलको ५४ मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन्।
शनिबार घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। विमलले नेपालका लागि यो नवौं गोल गरेका हुन्।
नेपालले मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्दैछ।