१२ बैशाख २०८१, बुधबार

शुरुवाती ११ – नेपालविरुद्ध मोरिससको प्लेयिङ सेट सार्वजनिक

Maurtaus football

नेपाल र मोरिससबिचको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग दुईमध्येको पहिलो मैत्री खेल खेल्न लागेको हो ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह पौने ५ बजेदेखि शुरुहुने छ ।

मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीबाट दुई छुट्टा छुट्टै टोली घोषणा गरेका छन्। नेपाल र मोरिससबिचको दोश्रो मैत्रीपूर्ण खेल माघ १८ गते दशरथ रंगशालामै हुनेछ ।

आज र १८ गते हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २ टिम बनाएका हुन् ।

नेपालसँगको खेलका लागि मोरिससको टोली गत आइतबार नेपाल आइपुगेका थिए । नेपालसँगको आजको मैत्रीपूर्ण खेलका मोरिससको शुरुवाती ११ समेत सार्वजनिक भएको छ ।

नेपालविरुद्ध मोरिससको शुरुवाती ११: प्लेयिङ सेट यस प्रकार छ

स्टेभन एस्ले नजिरा, डेमियन बालिसन, भाविस रासादराइजिङ, केन्जे सर्मानिडफ, रोडने क्यास्टल, फर्मान्डो ज्याकसन, केभिन जेन लुइस, जोनाथ स्पेभिल, एड्रिन फ्रान्कोसिस, इमान्युएल फ्लोचुन्ड र क्रिलोसन अघात