४ बैशाख २०८१, मंगलवार

समयमा चुनाव गर्न सरकारलाई दबाव दिन जनसंठन परिचालन गर्ने एमालेको निर्णय

uml logo1628521956

नेकपा एमालेले सरकारलाई समयमा चुनाव गर्न दबाव दिने भएको छ । ​

वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दबावका कार्यक्रम अघि बढाउने भएको हो ।

त्यसका लागि सो पार्टीले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिवार दिउँसो लागि बोलाएको छ । दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।

स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेकोले यसको विरुद्धमा जनसंगठनहरुले आआफ्नो ठाउबाट दबाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्ने उहाँले बताउनुभयो । बैठकले जनसंगठन सञ्चालन निर्देशिका पनि पारित गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो ।

संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहनुभएको छ ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।