११ बैशाख २०८१, मंगलवार

बाग्मती किनाराका सुकुम्बासी बस्ती सात दिनभित्र हटाउन निर्देशन

bagmati
फाइल फोटो

काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो ।

यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै सहरी विकास मन्त्रालय मातहतको समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।