११ बैशाख २०८१, मंगलवार

पहिलो छनोट टिम बन्यो इरान एसियाबाट विश्वकपपमा

iran

इरान एसियाली मुलुकबाट कतार विश्वकप–२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीबार राति घरेलु मैदानमा इराकलाई १–० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।

इरानको जितमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसँगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउँदै अपराजित इराक शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको साउदीको १७ अंक छ ।

एसिया छनोटको तेस्रो चरणमा दुई समूह विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई टोली सिधैँ विश्वकपमा छनोट हुनेछन् ।

तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसँगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्ने छ ।