१६ चैत्र २०८०, शुक्रबार

बलुचिस्तान प्रान्त आतंकवादी आक्रमणमा १० पाकिस्तानी सैनिकको निधन

Terrorist Attack Terrorist attack in Pakistan 10 soldiers killed 1

पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आतंकवादी हमलामा १० सैनिकको निधन भएको छ ।
बलुचिस्तान प्रान्तको केच जिल्लाको एक चौकीमा भएको आतंकवादी हमलामा १० जना सैनिकको ज्यान गएको हो ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले पनि यो आक्रमणको पुष्टि गरेको छ ।

सेनाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ‘आतंकवादीहरूले रातमा अचानक आक्रमण गरे । सो क्रममा दुवै पक्षबाट भीषण गोलीबारी भएको थियो । जसमा सेनाका १० जवानको निधन भएको छ ।’

गोलीबारीका क्रममा एक आतंककारी पनि मारिएको सेनाले जनाएको छ । उसका अनुसार यो घटनामा अन्य धेरै घाइते भएका छन् ।

अहिलेसम्म कुनै पनि विद्रोही वा आतंकवादी समूहले यो आक्रमणको जिम्मा लिएको छैन ।

इरान र अफगानिस्तानको सीमा जोडिएको बलुचिस्तान क्षेत्र लामो समयदेखि चलिरहेको हिंसात्मक विद्रोहको केन्द्र हो । विद्रोही समूहहरूले विगतमा यस क्षेत्रलाई लक्षित गरी धेरै आक्रमणहरू गर्ने गरेको द प्रिन्टले जनाएको छ ।

    सम्बन्धित समाचार...