१६ चैत्र २०८०, शुक्रबार

अनिश्चित रूसको विश्वकप यात्रा

russia

रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो ।

रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

रूसको राष्ट्रिय टिमसँगै व्यवसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन् । फिफाको निलम्बन परेपछि परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । यसैबीच पोल्याण्डले रूसको यूक्रेनमाथिको आक्रमणविरूद्ध यूक्रेनी पक्षसँग सदासयता देखाउँदै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ ।

फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।एएफपी