११ बैशाख २०८१, मंगलवार

जारी आहा ! रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज, आर्मी र मनाङ भिड्दै

aha rara 1

पोखरामा जारी आहा ! रारा गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुँदैछ ।

दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेताले शनिबार हुने फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा एपीएफले मच्छिन्द्र फूटबल क्लबलाई हराउँदै फाइनलमा स्थानमा पक्का गरिसकेको छ । पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।