७ बैशाख २०८१, शुक्रबार

ऐतिहासिक उपाधि एपीएफलाई आहा रारा गोल्डकपको

Capture 11

विभागिय टोली नेपाल एपीएफ क्लबले पहिलो पटक आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

२०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको हो । मनाङ–मस्र्याङ्दी क्लबलमरयृ टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको छ ।

अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

पेनाल्टी सुटआउटमा मनाङ मस्र्याङ्दी क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । निर्धारित समय २–२ गोलको बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा पनि गोल नभए पछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियोे ।

apf 1

प्रतियोगिताको कीर्तिमानी १२औंपल्ट फाइनल खेलेको मनाङ विरुद्ध एपीएफले पहिलो हाफमा अग्रता बनाएको थियो । एपीएफका लागि युवराज खड्काले २०औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा खेलले नाटकीय मोड लियो । दुई विदेशी खेलाडीले गोल गरी मनाङलाई खेलमा फर्काए । खेल ६७ औं मिनेटमा मनाङका भारतीय मिडफिल्डर दयानन्द सिंहले बराबरी गोल फर्काए ।

८३औं मिनेटमा विमल रानाको क्रसमा फ्र्यांकलिन कुते तालाले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट हेडिङ गोल गरी अग्रता दिलाए । खेलमा अन्त्यतिर लिएको अग्रता मनाङले जोगाउन सकेन । इन्ज्यूरी समयको पहिलो मिनेटमा एपीएफका रवि थिङले हेडमार्फत गोल गरी खेललाई अतिरिक्त समयतर्फ पुर्याए ।

अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा एपीएफका पाँचै जनाले गोल गर्दा मनाङका अफिज ओलाआले गोल गर्न चुकेपछि सर्वाधिक सफल टिम मनाङ आफ्नो होम ग्राउण्डमा पराजित भयो । उपाधि विजेता एपीएफले नगद १० लाख १ हजार पाउँदा उप विजेता बनेकाे मनाङले ५ लाख १ हजारमा चित्त बुझाएकाे छ ।

apf