२२ बैशाख २०८१, शनिबार

लकडाउन उल्लंघन रोक्ने विषयमा विवाद हुँदा छुरा प्रहार

knife

नेपाली कांग्रेसका स्थानीय ६५ वर्षीय नेता दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनिअलाई लकडाउ’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा छुरा प्रहार भएको हो ।

लकडाउन उल्लंघन हुने क्रम बढेपछि उनले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ।सोजी क्रममा उनको स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो । मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए ।

छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छुरा प्रहार गर्ने युवा र घाइते दुवै जना चिनजानकै हुन्। छुरा प्रहार गर्ने लिम्बूलाई भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी गिरीले जानकारी दिए ।