२२ बैशाख २०८१, शनिबार

अपडेट राष्ट्रियसभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

bijai e1643199436824

राष्ट्रियसभाको निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेकपा एसकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका छन् ।

तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरे भने उनकी निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् ।

त्यसैगरी गठबन्धनका उम्मेदवार पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरे भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरिन् ।