२४ बैशाख २०८१, सोमबार

विभागीय टिम त्रिभुवन आर्मी थ्री स्टारलाई हराउँदै आहा रारा गोल्डकपको सेमिफाइनलमा

Army Win aaha rara guld cup pokhara 768x384 1

थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फूटबलको सेमिफाइलनमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीका लागि खेलको ७० औँ मिनेटमा राजीव गुरुङले गरेको गोल निर्णायक बन्यो ।

अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि मच्छिन्द्र फूटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगितामा १० टोली सहभागी छन् । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ ।

आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिने जनाएको छ ।