१४ बैशाख २०८१, शुक्रबार

अछाममा १ सय २३ जना कोभिड-१९ का सक्रिय संक्रमित

delta varient corona

अछाममा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १ सय नाघेको छ । पछिल्लो समय बढ्दै गइरहेको संक्रमण समुदाय स्तरमै फैलिसकेको छ । जिल्लामा हाल १ सय १८ जना कोभिड(१९ का सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।

सोमबार मात्रै अछामको ढकारी गाउँपालिकाका एक जना कर्मचारी, २ जना स्वास्थ्यकर्मी सहित ११ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । अछाम जिल्लाको कमलबजार प्रयोगशालामा भएको पिसिआर परीक्षणमा ढकारी गाउँपालिकाका एक जना कर्मचारी सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार स्वास्थ्य चौकीका सूचना अधिकारी टेक बहादुर विष्टले बताउनुभयो ।

परीक्षणमा ढकारी गाउँपालिका वडा नं. २ का २९,२१,४८ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कमलबजार स्वास्थ्य चौकीको प्रयोगशालामा भएको परीक्षणमा कमलबजार नगरपालिकाका दुई महिला र दुई पुरुष र कैलारी गाउँपालिका कैलालीका २७ वर्षीया एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कमल बजारका चार जना संक्रमण पुष्टि हुने मध्य दुई जना स्वास्थ्य कर्मी रहेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।