१२ बैशाख २०८१, बुधबार

पाल्पामा थप १ सय ६६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ सय बढी

Corona Dischargde

पाल्पामा आज थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा ७६ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यो सँगै पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुगेको छ । तानसेन नगरपालिकाका ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रामपुर नगरपालिकामा १४, माथागढी गाउँपालिकामा ३, पूर्वखोला गाउँपालिकामा ९, रैनादेवी छहरा गाउँपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी रम्भा गाउँपालिकामा १३, बगनासकाली गाउँपालिकामा २६, तिनाउ गाउँपालिकामा २ र रिब्दीकोट गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सोमबार २७ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितमध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् ।