२५ बैशाख २०८१, मंगलवार

चार यात्रुको मृत्युपछि, हलाण्ड अमेरिकाका दुई क्रुस सिप फ्लोरिडामा

Holland America cruise ship

कोभिड-१९ संक्रमणको आशंका गरिएका हलाण्ड अमेरिका लाइन क्रुसका दुई वटा जहाज फ्लोरिडा पुगेका छन्। फ्लुको लक्षणसहित चार वटा मृतकको शवसहित दर्जनौं यात्रु बोकेका दुई क्रुजलाई फ्लोरिडा एभरग्लाडस् पोर्डमा रोकिन अनुमति दिइएको थियो।

यहाँ अमेरिका, क्यानडा र बेलायतका नागरिकहरु छन्। सुरुमा यी जहाजालई रोक्ने अनुमति दिइएको थिएन। जहाजमा मानिसको मृत्यु भएपछि रोक्ने अनुमति दिइएको छ।

ुहामीसँग कुनै पनि विकल्प छैन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार प्रेस कन्फ्रेन्समा भनेका थिए, ुमानिसहरु मरिरहेका छन्।

हलाण्ड अमेरिकाले सञ्चालन गरेको जान्डाम र रोट्टेरडाम नामका क्रुजमा सवार दुई जनामा कोभिड-१९ को संक्रमण देखिएको छ।

यी यात्रीहरु कतिपय हाम्रा परिवारका सदस्य हुन सक्छन्। अप्रत्यासित रुपमा ग्लोवल बोर्डरमा पुग्दा उनीहरुमा संक्रमण देखियो,ु हलाण्ड अमेरिकाका अध्यक्ष ओर्लाण्डो अशफोर्डले भनेका छन्, हामी हाम्रा पाहुनालाई उनीहरुको घर पठाउन पाउँदा खुशी छौं। थप स्वास्थ्य सहयोग आवश्यक यात्रुलाई गरिने छ।

सबै यात्रुलाई अमेरिकी कस्टम एण्ड बोर्डर पोर्टेक्सनले स्वास्थ्य जाँज गर्नेछ। उनीहरु सबैलाई जहाजबाट शुक्रवार साँझसम्म बाहिर निकालिने बताइएको छ।

यी दुई जहाजमा ३ सय ११ अमेरिकी छन्। जसमध्ये फ्लोरिडाका ५२ जना छन्। जसमध्ये चार जना १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

जहाजबाट निकालिएका यात्रुलाई बसमा राखेर सोझै विमानस्थलनमा पुर्‍याइने लाइन क्रुसले जनाएको छ। उनीहरु अधिकांशलाई चार्टर विमानमा पठाइने छ। फ्लोरिडाका नागरिकलाई भने निजी कारमा घर पठाइने छ।

जहाजका कुनै पनि चालक दलका सदस्यलाई जहाज छाडन अनुमति दिइने छैन। त्यस्तै संक्रमणको लक्षण देखिएका यात्रुलाई पनि त्यही राखिनेछ।

यसअघि फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले जहाजलाई पोर्टमा रोक्न अनुमति दिएको थिएन। क्रुस सिप साउथ फ्लोरिडाको कर्निभल कर्पको स्वामित्वमा छन्। यहाँ ९७ यात्रु र १३६ चालक दलका सदस्यलाई फ्लुको जस्तै संक्रमण देखिएको छ।

जान्डाममा एक हजार दुई सय ४३ यात्रु रहेका थिए। त्यस्तै ५८६ क्रु थिए। मार्च १४ मा चिलीको पुन्टा एरिना यता कोही बाहिरिएका छैनन्। क्रुस सिपले मृत्यु हुनेलाई ुबृद्ध पाहुनाु भनेको छ।

जान्डाम र रोट्टेर्डाम गत सातामात्र भेटिएका थिए। जान्डामका स्वस्थ यात्रुलाई रोट्टेर्डाममा सारिएको थियो। अन्यलाई सोही जाहाजमा राखिएको थियो।

जान्डाम दक्षिण अमेरिकी सामुद्रिक यात्रामा थियो। मार्च ७ मा यो जहाज व्युनस आयर्सबाट यात्रा सुरु गरिएको थियो। मार्च २१ मा यसको यात्रा सान एन्टोनियो चिलीमा पुगेर टुंगिने बताइएको थियो।

रोट्टेर्डामा ८०८ यात्रु र ५८३ चालक दलका सदस्य थिए।

    सम्बन्धित समाचार...