
हाल देशभर कोरोना संक्रमणको दर बढेको भन्दै लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ ।
लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि परीक्षा स्थगित गर्न छलफल शुरु गरीएको हो ।
यही माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।
त्यस्तै अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं र अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले बताइन् ।