१६ चैत्र २०८०, शुक्रबार

बढेको बढ्यै कोरोना संक्रमण, आज देशभर ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि

corona insurance

आज देशभर ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा ४ हजार ६ सय ६६ जना, ललितपुरमा एक हजार १९ र भक्तपुरमा ५ सय ७८ गरी काठमाडौँ उपत्यकामा मात्रै ६ हजार ३ सय ४३ जना संक्रमित थपिएका छन् ।

यस्तै आज ६ सय १३ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को निधन भएको छ ।

रुघाखोकी जस्ता लक्षण देखिए क्वारेनटाइनमा बस्न आग्रह

रुघाखोकी जस्ता सङ्क्रमणको लक्षण देखिए ५ दिनसम्म क्वारेनटाइन बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले व्यक्तिमा रुघाखोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिए ५ दिन क्वारेनटाइनमा बसी स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभएको हो ।

ओमिक्रोन सङ्क्रमणले अस्पताल बस्नुपर्ने तथा अक्सिजन लिनुपर्ने जस्ता जटिल अवस्था कम आउने अध्ययनले देखाए पनि छिटो र बढी सङ्क्रामक भएकोले सुरक्षाको मापदण्ड अनिवार्य अपनाउन अनुरोध गर्नुभयो ।