१५ बैशाख २०८१, शनिबार

छैठौं व्यक्तीमा कोरोना को पुष्टी, एउटै फ्लाइटका तीन जनामा संक्रमण

covid 19

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।यस सँगै संक्रमित संख्या छ पुगेको छ भने हालसम्म १,१८४ जना को संक्रमण परिक्षण भैइसकेको छ ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइट जुन चैत्र ४ गते दोहाबाट काठमाडौं आएको थियो’ ।

कतार एअरबाट आएका दुई युवतीमा यसअघि नै संक्रमण पुष्टि भएर उपचाररत छन्।