२० बैशाख २०८१, बिहीबार

खुशीयाली मधेस प्रदेशमा, आज प्रदेशमा बिदा

province 2 map

मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।