१२ बैशाख २०८१, बुधबार

सरकारले राम्रो काम गर्न सकेन,झण्डामात्रै हल्लाउने मन्त्रीहरु हटाउनुपर्छः गुरुङ

Dhanraj Gurung

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन सरकारमा ‘पर्फमेन्स’ दिन नसक्ने मन्त्रीहरुलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

संचारकर्मीसंग कुराकानी गर्दै उपसभापति गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पूरा गरेपनि केही मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् ।

‘६ महिनाको अवधिमा सरकारले मिश्रित काम गरेको छ । कोरोना नियन्त्रणका लागि गरेको प्रयास राम्रो छ तर न्यूनतम साझा कार्यक्रम लागु हुन सकेको छैन ।

केही मन्त्रीहरुले झण्डा हल्लाउने बाहेक काम देखाउन सकेका छैनन्’, गुरुङले भने । उनले मन्त्रीहरुले गर्ने कामबाट नै जनताले सरकारको मूल्यांकन गर्ने भन्दै ‘झण्डा मात्रै हल्लाउने’ मन्त्रीलाई कांग्रेसले फिर्ता बोलाउने बताए ।