१५ चैत्र २०८०, बिहीबार

प्रदेशकाे नाम र राजधानी ताेकिएकाे खुशीयालीमा ‘मधेश प्रदेश’ मा मंगलवार सार्वजनिक बिदा

Province No. 2

नाम र राजधानी तोकिएको खुसीयालीमा मधेश प्रदेश (प्रदेश २) सरकारले भोलि (मंगलवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमामार्फत बताउनुभएकाे छ ।

स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ। सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भइ विधिवत राजधानी र प्रदेशकाे नाम कायम भएकाे छ ।