१६ चैत्र २०८०, शुक्रबार

प्रधानन्यायाधीश राणाको आह्वानमा सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

supreme court chief

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्ण बैठक बोलाउनुभएको हो । तर बैठकमा उहाँ भने सहभागी नहुने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो ।

प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरुले माग्दै आएका कारण राणा भने बैठकमा नबस्ने जनाइएको छ । उहाँ बैठकमा नबसे पनि निर्णय कार्यान्वयनका लागि भने उहाँले हस्तारक्ष गर्नुहुनेछ ।