१९ बैशाख २०८१, बुधबार

तीन सचिवसहित प्रधानमन्त्री कार्यायलका ४० जना कर्मचारीलाई कोरोना संक्रमण

corona 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिन लगाएर कार्यालयमा कार्यरत २ सय जना कर्मचारीको पिसिआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयमा आर्थिक तथा पूर्वधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सिसिएमसीसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक सुरक्षा विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई पनि घरमा नै बस्ने भनेको छ भने कार्यालयलाई निसंक्रमण पनि गरिसकेको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमणम पुष्टि भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले कोराना संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई पनि घरमा नै बस्ने भनेको छ भने कार्यालयलाई निसंक्रमण पनि गरिसकेको छ ।

    सम्बन्धित समाचार...