१३ बैशाख २०८१, बिहीबार

निर्वाचित हुने निश्चित सत्तारूढ गठबन्धन बाग्मती प्रदेशमा

Bagmati pardesh sabs

माघ १२ मा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ ।

मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बाग्मती प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमाले र नेमकिपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिपक्षी दल कमजोर भए पनि एकआपसमा तालमेल गरेका छैनन् । प्रतिपक्षी दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्दा सत्तारूढ दललाई विजयी बन्न सहज हुने देखिन्छ । यद्यपि, प्रतिपक्षी सबै दल मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै भने सम्भावना छैन । उता, उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

बाग्मती प्रदेशमा महिलातर्फ एक र अन्य समूहतर्फ एक गरी दुई सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । राजधनी दैनिकबाट