२३ बैशाख २०८१, आईतवार

केन्द्रबिन्दु बन्यो काठमाडौं उपत्यका कोरोनाको, एकैदिन ३३४७ संक्रमित थपिए

610b7d44763b6 covid kathmandu

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनमा संक्रमण देखिएको हो।

आज देशभर ४ हजार ९६१ जनामा संक्रमण देखिएको थियो। आज पुष्टि भएको कुल संक्रमितको ६७.४६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले स्मार्ट लकडाउन घोषणा गरेको छ । जसमा २५ जना भन्दा बढी भेला हुन नपाइने र भिडभाड हुने गतिविधिमा पनि रोक लगाएको छ।

आजको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। यी मध्ये काठमाडौं उपत्यकामा १५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्। हाल कुल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६१.७४ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।