६ बैशाख २०८१, बिहीबार

झापाको कचनकवलमा भारतीय पक्षबाट दश कठ्ठा बढी नेपाली भूभाग कब्जा

simaa jhapa

झापाको कचनकवलको पाठामारीमा भारतीय सीमासुरक्षा बलले सीमास्तम्भ सारेपछि स्थानीय आक्रोशित भएका छन् ।

नेपाली जमिनको लालपुर्जा आफूहरुसँग भएपनि त्यही जमिनमा रहेको सीमास्तम्भ भारतीय पक्षले सारेर उल्टै भारतीय सीमा सुरक्षा बलले जग्गा जोतभोग नगर्नु भनि हप्काउने गरेको स्थानीयको दुखेसो छ ।

पुर्खौदेखि भोगचलन गरिल्याएको जमिनमा अहिले नेपाल–भारत सीमाना भएकोले त्यो जमिन खाली गराउन भन्दै भारतीय पक्षले दैनिक जसो धमक्याउन थालेपछि कसरी जीवन चलाउने भन्ने समस्यामा परेको स्थानीयको गुनासो छ ।

पछिल्लो पाँच बर्षको अन्तरालमा भारतीय पक्षले सीमा स्तम्भ सारेर दुई कठ्ठादेखि दश कठ्ठासम्म नेपाली भूभाग कब्जा गरिसकेको उनीहरु बताउछन् ।

स्थानीय र संघीय सरकारले आफ्नो भूमि फिर्ता लिनतर्फ कुनै चासो नदेखाएकाले आपूmहरु राज्यविहीन नागरिक जस्तै हुनुपरेको स्थानीयकोे गुनासो छ ।