१५ बैशाख २०८१, शनिबार

तीव्र गतिमा फैलिदै कोरोना, पछिल्लो २४ घण्टामा थपिए ५०८७ संक्रमित

corona virus graph

नेपालमा पछिल्लो केही दिन यता हावाको बेग सरह कोरोना तीव्र गतिमा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बतायो । पछिल्लो २४ घण्टामा ३ जनाको निधन भएको सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको छ र आज ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

त्यस्तै मन्त्रालयले कोरोना अझै तिव्र गतिमा बढ्ने सक्ने बाताउदै सर्वसाधरणमा आवसेक मापदण्ड पालना गर्न आग्रह गरेको छ ।