१४ बैशाख २०८१, शुक्रबार

देशभरि एकै दिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

corona insurance

देशभरि आज एकै दिन ५ हजार ८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

२० हजार ५ सय ६० नमुना परिक्षण गर्दा ५ हजार ८७ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा आज बढेर ५ हजार नाघेको हो ।

देशभरि १८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

यसैगरी काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१, ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा १० हजार ८ सय ११ सक्रिय संक्रमित रहेका छन् ।

आज १० वर्ष मुनीका ६१ जना बालबालिका र ११ देखि २० वर्ष मुनीका ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका १ हजार ५ सय १० जना रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ३ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, आज कोरोना सङ्क्रमणबाट तीन जनाको निधन भएको छ ।