२२ बैशाख २०८१, शनिबार

देशभर १४ हजार सक्रिय सङ्क्रमित, आधाभन्दा बढी उपत्यकामा

corona virus graph

नेपालमा सक्रिय सङ्क्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्रै आठ हजार ३९६ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार ८४२,ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ जना रहेका छन् ।मन्त्रालयको तथ्याङ्क हेर्दा ५८.५४ प्रतिशत सक्रिय सङ्क्रमित काठमाडौँ उपत्यकामा छन् ।

कुन जिल्लामा कति ?

त्यस्तै मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित जिल्ला अनुसार ताप्लेजुङमा ९, पाँचथरमा १२, इलाममा १४, झापा १३६, सङ्खुवासभामा १४, तेह्रथुममा ४,धनकुटामा ७, मोरङमा ४४९,सुनसरीमा ३३९, सप्तरीमा ६० उदयपुरमा १२, खोटाङमा २२, भोजपुरमा १६, सोलुखुम्बुमा ९, ओखलढुङ्गामा ७, रामेछापमा १६, दोलाखमा २९, सिन्धुलीमा २१, महोत्तरीमा ६४, सल्लाहीमा ७१, सिन्धुपाल्चोक ३९, रसुवामा ५, काभ्रेमा १२४, मकवानपुर १७४, बारा ९०, पर्सा ६२, नुवाकोट ३७, धार्दिङमा ४४, गोर्खामा ५९, लम्जुङमा ४२ , तनहुँमा ३५, नवलपरासीमा १३४, नवलपरासी पूर्वमा १७, चितवन २८८, रुपन्देहीमा २२६, पाल्पामा ४७, स्याङ्जामा ८७, कास्की ४८१, पर्वत ४३, मनाङमा १, मुस्ताङमा शून्य , डोल्पामा ४, रुकुम पूर्वमा १७, रुकुम पश्चिम २ , रोल्पामा ३६, प्युठानमा १६, गुल्मीमा ४३, बाग्लुङमा ६७, अर्घाखाँचीमा ३५, दाङमा ११८, बाँकेमा २५४, बर्दियामा ६८, कपिलवस्तुमा २२, सुर्खेत ८५, सल्यानमा १२, रोल्पामा ३६, जाजरकोटमा ६, दैलेखमा १७, कालिकोटमा ६, अछाममा १२, जुम्लामा १३, डोटीमा १३, हुम्लामा १, दार्चुलामा १३, बैतडीमा ४१ डडेल्धुरामा २१, कन्चनपुरमा १३२, कैलालीमा ३३१, बाजुरामामा ४, बझाङ २२ जना सक्रिय सङ्क्रमित छन् ।

पाँच जिल्लामा पाँचसय बढी सङ्क्रमित

मन्त्रालयका अनुसार हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, भक्तपुर ललितपुर, कास्की र मोरङ छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगुमा शून्य सक्रिय सङ्क्रमित छ ।

नेपालमा आरटी पीसीआर परीक्षणबाट २४ घण्टामा २ हजार ९२२ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौँमा १४४९, भक्तपुरमा १५०, ललितपुरमा ३१७ जनामा मा कोरोना पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या आठ लाख ४१ हजार २९७ पुगेको छ । त्यसमध्ये आठ लाख १५ हजार ३४७ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

नेपालमा सङ्क्रमण दर ९६.९ प्रतिशत छ । त्यस्तै कोरोना ११ हजार ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर १.४ छ ।

सरकारले नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ७१ लख ५५ हजार ६२८ मात्रा खोप लगाएको छ ।

जसमा कुल जनसङ्ख्याको ५०.९ प्रतिशले एक मात्रा, ३८.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।त्यस्तै लक्षित जनसङ्ख्याको ७७.६ प्रतिशतले एक मात्रा र ५८.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।